भारतमा रहेका श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।
अन्तरराष्ट्रिय आप्रवासी दिवस, २०२१ का अवसरमा अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)द्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उनले भारतमा लाखौँको सङ्ख्यामा रहेका आप्रवासी नेपाली श्रमिकको समस्यालाई सम्बोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले सरकारले आप्रवासी श्रमिकको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरिएको जानकारी गराए । वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवाला र विज्ञबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।
अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पूँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील बनाएर परिचालन गर्ने सरकारको नीति रहेको जनाउँदै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको बताए ।
कोभिड–१९ महामारीका कारण अन्तरराष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उनले बताए । साथै विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रवासीको सङ्ख्या पनि क्रमशःवृद्धि हुँदै गएकाले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया