ओमिक्रोनबाट बच्न भारतमा भीडभाड नगर्न आग्रह

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ । ओमिक्रोनबाट संक्रमितको संख्या बढ्दै गएपछि भारतको संघीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो ।
“ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,” सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । यसको संक्रमण थप फैलिन नदिन कोरोनाबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नु पर्नेमा मन्त्रालयले जोड दिएको छ ।
भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायतका कार्य गर्नु पर्ने उनीहरूको भनाइ छ । अहिले यात्रा गर्ने, भीडभाड गर्ने बेला होइन, यसमा लापर्बाही गर्नु हुँदैन, त्यसैले अत्यावश्यक बाहेकका यात्रा र भीडभाड गर्दै नगर्नु, मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।











यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया