सोमबार, मंसिर २९, २०८२

सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक : डा रावल

मेरोन्यूज २०७८ पुष ३ गते १५:०१

काठमाडौँ । नेकपा एमालेका नेता डा भिम रावलले पार्टीको सल्लाहाकार परिषद् सदस्यको जिम्मेवारी अस्वीकार गरेका छन्। उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका हुन् ।

उनले लेखेका छन्,’मलाई नेकपा ९एमाले०को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने–मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताविपरीत हुन्छ ।’

चितवनमा भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि रावल पार्टीमा जिम्मेवारीविहीन भएका थिए। पार्टीको सल्लाहाकार परिषद् सदस्यको जिम्मेवारी दिएपनि उनले अस्वीकार गरेका छन्।

प्रतिक्रिया