काम गर्ने व्यक्तिलाई प्रचार प्रसारको लोभ हुँदैन : मेयर पदम बडुवाल

औपचारिक शिक्षा तीन कक्षा मात्रै भए पनि बाजुराको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवाललाई काम गर्न शिक्षाले अवरोध गरेन । आफ्नो नगरको विकासका लागि अहोरात्र खटिएका मेयर बडुवालको संघर्ष र इतिहास लामै छ । बडिमालिका नगरपालिकामा मेयरको जिम्मेवारी सम्हालेर आईसकेपछि उनले गरेका कामहरुको लिस्ट लामै छ । बडिमालिकाको मुहार फेर्न उनले गरेका कामहरु उदाहरणिय र सराहनिय छन् । मिडिया र प्रचार–प्रसारको दुनिया“बाट टाढै रहेका उनी कामलाई बढी प्राथमिकता दिन्छन् । काठमाडौ“ आएको मौका छोपेर मेयर बडुवालस“ग मेरोन्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
अरु मेयरहरु आफूले गरेको कामलाई मिडियामा ल्याउन चाहन्छन् । कामको जस लिन खोज्छन् । तपाईं त मिडियाबाट अलि टाढै बस्न रुचाउनु हुन्छ । किन होला ?
हो, म प्रचार–प्रसार भन्दा टाढै बस्न रुचाउ“छु । पत्रकारहरुस“ग मेरो उति निकटको सम्बन्ध पनि छैन । मेरो बारेमा लेखिदिनुस् भन्ने बानी पनि छैन । फेरी मनैदेखी काम गर्न रुचाउने व्यक्तिहरुलाई धेरै प्रचार प्रसारको लोभ नहु“दो रहेछ । मलाई पनि त्यो लोभ जागेन । कतिपय पत्रकार साथीहरु काठमाडौ“देखी मलाई फोन गर्नु हुन्छ, म भन्छु, फोनमा भन्दा पनि तपाईंहरुलाई मेरो नगरमा एक पटक आइदिनुस् । मैले गरेका कामहरु आफै नियाल्नुस् । पहिलेको बडिमालिका र अहिलेको बडिमालिकाको अन्तर तपाईंहरु आफै देख्नु हुनेछ । मभन्दा पनि मेरा जनताहरुस“ग अन्र्तक्रिया गर्नुस् । तपाईंहरु सबैलाई स्वागत छ । मेरोभन्दा पनि मेरो नगरवासिका कुरा सुन्नुस् । उहा“हरुको आवाजलाई मिडियामा ल्याउनुस् ।
चार वर्षे कार्यकालमा तपाईंले गर्नु भएका मुख्य कामहरु के के हुन् ? आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
महत्वपूर्ण कामहरु पूरा गर्नका लागि एक कार्यकाल पर्याप्त नहुने रहेछ । तैपनि केही सूरुवात भने गरियो । नेताले विकास गर्दैनन् भन्ने सोच छ । तर, हाम्रो नगरमा आएर हेर्नुहोस् । केही नमुना कामहरु देख्नु हुनेछ । पहिलाभन्दा राम्रा स्कुलका भवन बनेका छन् । विपद्को बेला हुने सुचना प्रवाह तथा आपत्कालीन समयमा नागरिकको तत्काल नै खोज तथा उद्धार गरी सहयोगको सुनिश्चितताका लागि आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । बाजुराको बडिमालिका नगरपालिकाको सबै वडामा इन्टरनेट जडान भएको छ ।
नगरपालिकाभित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडाका कर्मचारीको इ–हाजिरी गराउने उद्देश्यले सबै वडामा इन्टरनेटको सुविधा दिइएको हो । नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९५.९८ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको छ । जिल्लाको सदरमुकाम मार्तडी वा तल्लो क्षेत्रमा एयरपोर्ट निर्माणका लागि पनि पहल गरिरहेको छु । कोर्द बडिमालिका सामुदायिक बनको पनि स्थापना गरिएको छ ।
पञ्च वर्षिय योजना बनाएर मैले काम सुरु गरें । २५ वटा सामुदायिक स्कुलका भवनहरु राम्रो बनाए“ । सबै स्कुलमा फर्निचरको व्यवस्था गरियो । हामीले उत्पादनमा जोड दिईरहेका छौं । पर्यटन प्रवद्र्धनका लागि कसरी अगाढि बढ्ने त्यसमा पनि मेरो ध्यान छ । १५ देखी २० वर्षमा कायापलट गर्ने योजना छ ।
यसभन्दा अगाडिको कुरा गर्नु हुन्छ भने, मैले २०५० यता कोर्दमा स्कुल खोलें । पछि बाजुरा क्याम्पस खोलें । जडांगामा नेरा ०५६ मा नेरा मा.वि. को स्थापना गरें । हामी नेपालीले घर राम्रो बनायो भने देश राम्रो बन्छ । पानीका धारा, चौतारा बनाउने हो, प्रँकृतिक स्रोत साधनलाई बचाउने हो भने त्यही नै नमुना काम हुन्छ । म बडिमालिका नगरपालिकालाई काठमाडौ“ जस्तै विकसित बनाउन चाहन्छु ।
तपाईं प्रायः जिल्लामै बस्न रुचाउनु हुन्छ । शहर केन्द्रित कहिल्यै हुनु भएन । भौगोलिकताले गर्दा असर गरे जस्तो लाग्छ कि लाग्दैन ?
मेरो गाउमा फलेको कोदो काठमाडौ“का पा“चतारे होटल लगायत अन्य शहरका होटलको मेनुमा उपलब्ध छ । शहरबासीले हाम्रो सिस्नो चाख्छन् । काठमाडौ“ बसेर मलाई कुवाको भ्यागुतो बन्नु छैन । मलाई खुल्ला ठाउमा बस्न मन पर्छ । म स्वच्छ हावापानी र प्रकृतिको काखमा रमाउन चाहन्छु । म काठमाडौ“ र धनगढी किन आउनु ? मलाई माननिय, मन्त्री बन्नु छैन । मलाई मेरो नगर र जिल्ला बनाउनु छ ।
तपाईंले तीन कक्षासम्म मात्र अध्ययन गर्ने मौका पाउनु भयो । औपचारिक शिक्षाले कत्तिको कठिनाई पु¥यायो ?
हो, मैले तीन कक्षासम्म मात्र पढ्ने मौका पाए“ । जब म तीन कक्षा पास भएर चार कक्षामा प्रवेश गरें, मेरो गाउमा स्कुल नै थिएन । बाध्यता र परिस्थीतिले मैले त्योभन्दा बढी पढ्न पाइन“ । त्यो ०३६ सालको कुरा हो । मभन्दा पछाडीका कोही पनि पढाईबाट बञ्चित नहोउन् भनेर मैले गहिरो तवरले सोचें । हाम्रो क्षेत्रमा स्कुल, क्याम्पस बनाउन आफ्नो जीवनका उर्जाशिल समय खर्च गरें । शिक्षा नियमावली ऐन बनाए“ ।
हामीले चाह्यौं भने परिवर्तन सम्भब छ । सबैले म मेरै गाउमा केही गरेरर खान्छु भनेर लाग्ने हो भने हाम्रँे देश बन्ला । तर, भारतको मात्र बिरोध गरेर केही हु“दैन ।
काम गर्न तपाईंका अगाडी चुनौतीहरु के के छन् ?
मुख्य समस्या गरी बिपद् नै हो । हिउदयाममा विकास ग¥यो, बर्खायाममा बगाएर लैजान्छ । राज्यले वस्तिको विकास गर्नुपर्छ । सरकारले पनि त्यो काम अगाडि बढाइदिएन । अर्को समस्या अनाबृष्टि, अतिबृष्टि छ । विकासमा राजनीतिक एकता छैन । पर्याप्त कर्मचारीहरु छैनन् । भए पनि माननियले सरुवा गरिदिन्छन् । कर्मचारीलाई दुई वर्ष काम गर्न नदिई जिल्लाका माननिय ज्युले सरुवा गरिदिनु भयो । चाहे जति बजेट नहुनु अर्को समस्या छ ।
आगामी दिनमा नगर र जिल्लाको विकास लागि के–कस्ता योजनाहरु अगाडि बढाई रहनु भएको छ ?
५ वर्षको अवधिमा काम नसकिने रहेछन् । अधुरा कामहरु धेरै छन् । बाजुराको तल्लो क्षेत्रमा बिमानस्थल बन्नै पर्छ भन्ने मेरो चाहना छ । जसरी पनि त्यो काम पूरा गर्नु छ । विमानस्थल बन्दा बिरामीले छिटो उपचार पाउ“थे । यस्तै पर्यटकहरु तान्नका लागि केबुलकार पनि बनाउने योजना छ । पूर्णागिरी माईको उद्गमस्थल बडिमालिका हो । त्यहा“ ३० लाख पर्यटक आउने गरेको अनुमान छ । हामीले १० लाख पर्यटक भित्र्याउ“न सक्छौं ।
अब राजधानी र शहरमुखी बाजुराबासी घर फर्किनु पर्छ । उत्पादनमा जोड दिनुपर्छ । त्यो उत्पादन शहरबासीलाई विक्री गरौं । शहरमा घर बनाउन, सन्तानलाई शहरमा पढाउन म मेयर बनेको होईन । काठमडौ“ जस्तो बाजुरा बनाउन मेयर बनेको हु“ । मेयर बन्न मरिहत्ते गर्दिन“ । हो, म विकास, प्रगति, सम्बृद्धिका लागि अवश्य मरिहत्ते गर्छु ।
















Third International Buddhist Conference to be held in Lumbini
क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया