बुधबार, वैशाख १६, २०८३

त्रिवि पुस्तकालयमा ‘शान्तिनारायणका संकलन’

मेरोन्यूज २०७८ पुष ३ गते १६:२२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका निर्माता, प्रथम प्रमुख महिला ‘लाइब्रेरियन’ स्वर्गीय शान्ति श्रेष्ठसँगको आफ्नो जीवनलाई जिवन्त तुल्याउन त्रिविविकै पूर्वलाइब्रेरियन नारायणप्रसाद मिश्रले ३० लाख खर्चेर विश्वविद्यालयको पुरस्तकालयलाई ‘शान्तिनारायणका संकलन’का रुपमा विस्तार गरेका छन् ।

Advertisement
NiccNicc

स्नातकोत्तर तहमा त्रिविविले सञ्चालन गर्ने पत्रकारितातर्फको परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्नेलाई हरेक वर्ष ‘नारायणशान्ति स्वर्णपदक’ वितरणको प्रबन्ध गर्न आठ लाखभन्दा बढी लगानी गरेका प्रशासन क्षेत्रका जानकार मिश्रले पुस्तकालय सेवाबाटै आफूहरूले प्रतिष्ठा आर्जन गरेकाले पुस्तकालयमा संकलन बढाउन शान्तिनारायणका संकलनका रुपमा विस्तार गरेका हुन् ।

पुस्तकालय विज्ञान, नेपाल र नेपालीसम्बन्धी पुस्तक, सरकार र राजनीति, इतिहास, धर्म–संस्कार, नेपाली साहित्य, अङ्ग्रेजी साहित्य, विकास–निर्माण, विश्वका नामचलेका व्यक्तिको जीवनी, विज्ञान –प्रविधि, शिक्षा पद्धति, शब्द कोश र विषय कोशमा एक हजार६७० पुस्तक थपिएपछि त्रिविविको पुस्तकालय थप फराकिलो भएको छ । शुक्रबार शिक्षाध्यक्ष शिवलाल भुसालले उद्घाटन गरेका उक्त कक्ष ज्ञानको तिर्खा मेट्नेका लागि उपयोगी हुने भएको छ ।

प्रतिक्रिया