दुवै मात्रा खोप लगाएका कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । बैतडीमा कोरोना भाइरसविरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरीरमा अक्सिजन लेभल ७५ प्रतिशतभन्दा कम रहेको थियो ।
कोभिसिल्डको दुवै मात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरीरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाइएको छ ।
यससँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जनामात्रै सक्रिय संक्रमित छन् ।
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
सुकुम्बासी बस्ती नभत्काउन सर्वोच्चकाे अन्तरिम आदेश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया