दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०७८ पुष ४ गते ८:२७
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका ६ मा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको घटनामा अर्को एक जना गम्भीर घाइते छन् ।
छुरा प्रहारबाट गोलबजार नगरपालिका ६ डोहटियाका रामकुमार सदायको मृत्यु भएको प्रहरीले जनाएको छ । छात्तीमा छुरा लागेका उनलाई धनगढीस्थित आरके मेडिसिटी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो ।
मृतक सदायकै समूहका १९ वर्षीय निकेश सदाय गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया