आइतबार, वैशाख २०, २०८३

प्रचण्डले दिए उधौली र योमरी पुन्हिको शुभकामना

मेरोन्यूज २०७८ पुष ४ गते ९:२८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उधौली र योमरी पुन्हिकाको शुभकामना दिएका छन् ।​ उनले आइतबार बिहान एक सन्देश जारी गर्दै शुभकामना दिएका हुन् ।

Advertisement
NiccNicc

किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो, यही सांस्कृतिक विविधतासहितको सहिष्णुता ने नेपाली समाजको एकता हो ।’

यस्तै, उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया