थकाली युवा परिवारको प्रथम राष्ट्रिय भेला
गण्डकी । थकाली युवा परिवार नेपालको प्रथम राष्ट्रिय भेला एवं व्यक्तित्व विकास प्रशिक्षण (ई.पि.एस) पोखरामा हुने भएको छ । “धर्म र संस्कृति हाम्रो परम्परा, संरक्षण संवद्र्धनमा युवाहरूको अभिभारा” भन्ने नाराका साथ यही पुष ७ देखि ११ गतेसम्म आयोजना गरिने आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।
उक्त पाँचदिने भेला एवं ईपिएस कार्यक्रममा देशका १९ वटा क्षेत्रका करीब ६० जनाको सहभागिता रहने संस्थाका अध्यक्ष योगेन्द्र शेरचनले बताए । भेलाले थकाली समुदायबीच एकआपसमा भाइचारा बढाउनाका साथै युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा योगदान पु¥याउने उनको भनाइ थियो । अध्यक्ष शेरचनका अनुसार थकाली युवालाई आफ्नो धर्म, संस्कार, वेषभुषा, भाषा र परम्परा जगेर्ना गर्न उत्प्रेरित गराउने उद्देश्यले “थकाली युवा अवसर, चुनौती र सम्भावना“ बिषयक बहससमेत आयोजना गरिने छ । थकालीको मूल थलो थासाङबाट अन्यत्र बसाइँसराइ गरी देशका विभिन्न १९ क्षेत्रमा र विदेशका तीन स्थानमा थकाली सेवा समिति नामकसंगठित संस्था गठन भएको सचिव विक्कल शेरचनले जानकारी दिए ।
पोखरा थकाली समुदायको सुरूवाती बसाइँ सरेको स्थान भएको र हाल मुस्ताङको मौसमसमेत प्रतिकुल रहेका कारण त्यहाँ भेला गर्न सम्भव नरहेकाले प्रथम भेला पोखरामा नै आयोजना गर्ने तयारी भइरहेको उनको भनाइ थियो । भेलाको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गर्नुहुने कार्यक्रम छ ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया