बाँदरझुलाबासी लालपूर्जाको माग गर्दै काठमाडौंमा
काठमाडौँ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन । आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन गरेका हुन ।
बाँदरझुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रीत आन्दोलन गर्नु परेको बताइन् । उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्त गर्नुका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको बताइन् । संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि माग पुरा नभएको बताइन् । अन्तिम लडाइका लागि काठमाडौं आएको उनले बताइन् ।
सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताइन् । उनले भनिन्, ‘बाँदर झुलाका सुकुम्बासी जनताले बाच्न पाउनु पर्ने अधिकार रहेको छ । बस्तीका आँगो लगानउने विगत ८ वर्ष देखि घुुरी कर बुझाएको प्रमाण हामीसँग छ । अनि कसरी निकुञ्जको जग्गा हुन्छ ? यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन । माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक बस्तीमा पुग्नु भयो तर, बाँदरझुलाका जनताले लालपुर्जा पाएनन् । नेताहरुलाई जनताको समस्या भन्दा पनि भोट चाँएको छ । अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौं । हामी भोट दिने बेलामा हेर्छौं । हामीले जग्गाको लालपुर्जा नपाएसम्म यो नालायक सरकार चाँहिदैन । लालपुर्जा नदिएसम्म कसैलाई भोट दिदैनौं । सुकुम्बासी नपढेको जनता भनेर हेपियो । तर, अब हामी कसैले राजनीतिकरण गर्न खोजे पनि रोकिने छ्रैनौं । आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो । जति आएका छौं । त्यतिले निरन्तर रुपमा आन्दोलन गछौं । आन्दोलन नभए माग पुरा गर्नको लागि अदालतमा मुद्वा हालेर मात्रै चितवन जान्छौं ।’
सुकुम्बासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सिमाङकन गर, हाम्रो भूमिको लालपुर्जा दे, हामीहरु घर खोजि रहेका छौं, तिमिहरु बस्ती जलाउँछौं लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ ।
















काठमाडौँमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया