बुधबार, पुष ९, २०८२

थप १८१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

मेरोन्यूज २०७८ पुष ४ गते १७:२९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५२७१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म ९७०२६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया