मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकतालाई मजबुत तुल्याउने बताएका छन् । अठारौँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले परम्परागत नेपाली मौलिक सम्पदा र संस्कृतिलाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताए ।
प्रधानमन्त्री देउवाले नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र सांस्कृतिक सम्पदा तथा सामाजिक बनोट विश्वभरमै नमूनाका रूपमा रहिआएको भन्दै विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचानको गौरवमय संस्कृतिलाई जीवन्त राख्नु साझा दायित्व भएको उल्लेख गरे ।
उनले भने, “नेपाल विभिन्न जातजाति, भाषाभाषि, धार्मिक एवं सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र हो । विभिन्न धर्म, समुदायका नागरिकबीच धार्मिक सहिष्णुता अभिवृद्धि गर्न ज्यापू दिवसजस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।”
प्रधानमन्त्री देउवाले ज्यापू समुदायको संस्कृति र सभ्यताको संरक्षणका लागि आगामी दिनमा उपलब्ध गराउनुपर्ने आवश्यक सहयोगका लागि सरकार तयार रहेको विश्वास दिलाए । उनले काठमाडौँ उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापू समुदाय लागिपरेको भन्दै यसले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको बताए ।
प्रधानमन्त्री देउवाले नेपालको विभिन्न समुदायमध्ये ज्यापू समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज भएको र समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको धारणा व्यक्त गरे ।
कार्यक्रममा मौलिक संस्कृतिको संरक्षण सम्बद्र्धनमा योगदान गर्ने भुलधामी देवकृष्ण महर्जन, प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, डा रमेशमान सिंह, सुरेन्द्रमान प्रजापति, दिलीपकुमार प्रधान, मदनसेन बज्राचार्य, राजनलाल जोशी, नवीनकुमार जोशी, कुमार रञ्जीत, अनिल महर्जन, रमेश महर्जन, तेजनारायण महर्जन, अनिता महर्जन, नेन्सि महर्जन, नितु डङ्गोल र कृषा महर्जनलाई नगद १० हजारसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया