बिहीबार, पुष १०, २०८२

कांग्रेस खुल्लातर्फ केन्द्रीय सदस्यमा नयाँ अनुहारदेखी गुण्डासम्म निर्वाचित (सूचीसहित)

कसको कति मत ?

मेरोन्यूज २०७८ पुष ४ गते २१:३९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तगर्त खुल्लातर्फ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । कांग्रेस केन्द्री निर्वाचन समितिले खुलातर्फका केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक गरेको हो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबारबाट सुरु भएको मतगणना आइतबार सकिएको हो । कांग्रेसको विधान अनुसार ३५ सदस्यका लागि भएको मतदानमा ९९ जनाले उम्मेदवारी दिएका थिए ।


को को भए निर्वाचित ?
महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यमा शशांक कोइरा, एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी छन् ।

यस्तै, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनील थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल, राजीव ढुंगाना, सञ्जय गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु सिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य पनि निर्वाचित भएका छन् ।

देउवा र शेखर पक्षबाट कति निर्वाचित ?
निर्वाचित भएका ३५ जना खुला केन्द्रीय सदस्यमा २५ जना पार्टी सभापति शेर बहादुर देउवा र ९ जना शेखर कोइराला पक्षबाट विजयी भएका छन् । शशांक कोइरालाले भने देउवा र शेखर दुवै पक्षबाट उम्मेदवारी दिएका थिए ।

देउवा पक्षबाट एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत निर्वाचित भएका छन् । यस्तै नैनसिंह महर, सुनील बहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा. गोपाल दहित र मोहन आचार्य रहेका छन् ।

यस्तै डा. शेखर कोइराला पक्षबाट अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दिपक गिरी, डा. गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहार
यस्तै कांग्रेसको महाधिवेशनबाट खुल्लातर्फबाट १६ जना नयाँ अनुहार भएका निर्वाचित भएका छन् । नयाँ अनुहार भएका निर्वाचित हुनेमा कृष्णकिशोर घिमिरे, मोहन आचायर्, गणेश लामा, उमेशजंग रायामाझी, अजयबाबु शिवाकोटी, मदनबहादुर अमात्य, दिनेश कोइराला, राजीव ढुंगाना, डा.गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, गुरु बराल, कुन्दनराज काफ्ले, नैनसिंह महर, जितजंग बस्नेत, रामहरी खतिवडा र उदयशमशेर राणा रहेका छन् ।

गुण्डादेखि विद्यार्थी नेतासम्म निर्वाचित

यस्तै कांग्रेसको महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा गुण्डा, ठेकदार, विद्यार्थी नेतासम्म निर्वाचित भएका छन् । गणेश लामा गुण्डा, जिपछिरिड, मोहन आचार्यसम्म ठेकेदार, अजयवावु सिवाकोटी पत्रकार, कुन्दन काफले र नैनसिंह महरा नेविसंघका नेता हुन् ।

कसको कति मत ?

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशांक कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शंकर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजंग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् ।

यसैगरी दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुंगाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजंग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया