एमाले अदालतको मर्यादाविपरीत पार्टी हो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको संविधान, संघीयता, गणतन्त्र र परिवर्तनको पक्षमा एमाले नरहेको बताएका छन् । समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा उनले जनादेशको भावना, अदालतको मर्यादा, विधिविधानलाई एमालेले उल्लंघन गरी संसद्लाई अगाडि बढ्न नदिएको बताएका हुन् ।
देश विकासका लागि मुलुकमा रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिँदै उनले आफ्नो पार्टीले प्रतिभाशाली मेहनती बौद्धिक, बुद्धिजीवी व्यक्तिको आविष्कार गर्न चाहेको उल्लेख गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले अवलम्बन गरेका आदर्शका कारण अहिले पूर्वमेचीदेखि पश्चिम महकालीसम्मका पार्टीप्रति जनताको आकर्षण बढेको र पार्टी प्रवेशमा जनलहर देखा परेको दाबी गरेका थिए ।
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुलुकको आवश्यकताअनुसार शिक्षा क्षेत्रमा विकास गरी दक्ष जनशक्तिलाई उत्पादनमा जोड्नु पर्ने बताए । पार्टीका नेता मुकुन्द न्यौपानेले शिक्षालाई व्यापारीकरण गर्न राजनीतिज्ञले पनि निजी क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै खराब मनाशयबाट यस क्षेत्रमा हुने राजनीतिलाई न्यूनीकरण गर्न उनीहरूका संलग्नतालाई रोक्नु पर्ने विचार व्यक्त गरे ।
पार्टीका पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले संविधानको मौलिक हकमा शिक्षाको अधिकार प्रत्याभूत गरिएको भए पनि सर्वसुलभ गुणस्तरीय शिक्षा प्राप्ति आम नागरिकको पहुँचमा पुग्न नसकेकाले सरकार संवेदनशील हुनु पर्ने बताए ।
















सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया