शुक्रबार, वैशाख ११, २०८३

‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

मेरोन्यूज २०७८ पुष ५ गते १०:२८

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपञ्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवन स्तर माथि उठ्ने बताएका छन् । दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपञ्छी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी वृद्धि गर्नु आवश्यक भएको बताए ।

Advertisement
NiccNicc

“किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाँझो जमिनमा खेती गरौँ, स्वरोजगार बनौँ,” उनले भने । कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठूलो योगदान पुर्याउने बताए ।

जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम कार्यान्वयनमा आएको छ । जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । उनले भने, “आर्थिक अभाब भएका तर स्देशमै कृषि क्षेत्रमा केही गरौँ भन्ने सोच भएका व्यक्तिलाई ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम फलदायि भएको छ, कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ ।”

सडक सञ्जालले नछोएको सिंचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाव, किसानको माग चाहान आवश्यकताअनुसार नभएरमाथि बाटै सीधै योजना आउने गरेका कारण समस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए ।

प्रतिक्रिया