बिहीबार, पुष १०, २०८२

लोकगायक विमलराज क्षेत्रीले भने ‘अब आउने अधिवेशनको लागी झन उर्जा थपिएको छ’

मेरोन्यूज २०७८ पुष ५ गते १३:२२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा खुल्लातर्फ उम्मेदवारी दिएका लोकगायक विमलराज क्षेत्रीले पराजित भएका छन् ।

विना प्यानल स्वतन्त्र रुपमा उम्मेदवारी दिएका गायक क्षेत्रीले ४७१ मत प्राप्त गरेका थिए । पराजित भएपछि गायक क्षेत्रीले सवै प्रतिनिधिलाई धन्यवाद दिएका छन् ।


‘सम्पुर्ण निष्ठावान् पर्वत जिल्लाका क्षेत्रीय प्रतिनिधि ज्युहरु केन्द्रीय महाधिवेशन प्रतिनिधि ज्युहरु लगायत सम्पुर्ण कांग्रेस जनहरुमा मेरो यहाँ सम्मको राजनीतिक यात्रा हजुरहरुकै आशिर्वादले सफल भएको महसुस गरेको छु । जति सम्मानजनक मत दिनुभएको छ, यसले अब आउने अधिवेशनको लागी झन उर्जा थपिएको छ,’ उनले भने ।

प्रतिक्रिया