माओवादी वागमती प्रदेशमा आज निर्वाचन हुने (समय तालिकासहित)
मेरोन्यूज
२०७८ पुष ५ गते १७:०३

काठमाडौँ । नेकपा माओवादी केन्द्र वागमति प्रदेशमा आज निर्वाचन हुने भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगले मतदानका लागि प्रक्रिया अगाढी बढाएको हो । आयोगले आज साँझ ५ः५५ मा निर्वाचनका लागि समय कायम गरेको छ ।
माओवादीका वागमती प्रदेशमा २७५ जना मतदाता रहेका छन् । माओवादीले यसअघि सेल, टोल, वडा र स्थानीय तहको अधिवेशन गरेको छ । प्रदेश सम्मेलन सकेर माओवादीले यही पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । माओवादी केन्द्रले पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो ।
अध्यक्षका लागि सिन्धुपाल्चोकका सरल सहयात्री र काभ्रेका दिनानाथ गौतम चुनावी प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रको विधानमा प्रदेश कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी रहने ब्यवस्था छ ।

सम्बन्धित










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया