शनिबार, वैशाख १९, २०८३

नेप्सेको ओरालो यात्रा कायमै

मेरोन्यूज २०७८ पुष ५ गते १८:२६

काठमाडौँ । ओरोलो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही मार्गमा केन्द्रीत रह्यो । चार दिनपछि खुलेको बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक उकालो लाग्ने अनुमान गरिए पनि झण्डै १८ अंकले ओरालो लागेको हो ।

Advertisement
NiccNicc

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर दुई हजार ३५८.८१ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३४ अंकले ओरालो लागेर ४५१.१९ मा झरेको छ ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर रु दुई अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आयो । उत्पादन १९४.८१ र लघुवित्त ६.३५ अंकले बढ्दा बैंकिङ ७.८६, व्यापार २.२४, होटल तथा पर्यटन ४५.०८, विकास बैंक ९२.४२, जलविद्युुत् ५२.७७, वित्त १७.८५, निर्जीवन बीमा १७०.१९, अन्य ३८.७३, जीवन बीमा १०६.०२, सामूहिक लगानी कोष ०.३७ अंकले ओरालो लागेका छन् ।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड २७ लाख १० हजार ६५१ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी १८ करोड ६६ लाख ४१ हजार १३८, कृषि विकास बैंक नौ करोड ४४ लाख ९९ हजार ५६९, नबिल बैंक आठ करोड ३६ लाख ७८ हजार १२७ र मञ्जुश्री फाइनान्स सात करोड पाँच लाख ६७ हजार २२९ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । कृषि विकास बैंक ४.९९, माहुली सामुदायिक लघुवित्त ४.५३ र शिव श्री हाइड्रोपावरको शेयरधनीले ४.२८ प्रतिशतले कमाए ।

त्यस्तै, माउण्टेन इनर्जी ६.१७, नारायणी डेभलपमेन्ट बैंक ५.८६, मैलुङ खोला जलविद्युत् कम्पनी ५.८३, तेह्रथुम पावर कम्पनी ५.३१ र समृद्धि फाइनान्सका लगानीकर्ताले ५.२० प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब १६ अर्ब ५५ करोड ३७ लाख ४१ हजार ७६५ बराबर पुगेको छ ।

प्रतिक्रिया