आज तपाईंको दिन कस्तो ? के भन्छ राशीफल

आज वि. सं. २०७८ साल पौष महिनाको ६ गते मंगलबार, पौष कृष्णपक्षको द्वितीया तिथि ।
मेष
बोलीको प्रभाव बढ्ने भए पनि स्मरण शक्तिमा भने केही कमि देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन सुखद् रहने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने हुँदा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउने क्षमता उच्च हुने छ ।
वृष
मनोबलमा कमि आउने छ । जसले गर्दा निर्णय क्षमतामा कमि देखिन पुग्ने छ । अरुले दुविधात्मक व्यक्तित्व भएको महशुस गर्ने छन् । पेशागत क्षेत्र कठिनाईबाट गुज्रने छ । आर्थिक रुपमा पनि व्यवस्थापन सन्तुलन मिलाउन कठिन हुने छ ।
मिथुन
आर्थिक आम्दानीमा बृद्धि हुने छ भने सामाजबाट पनि कदर मिल्ने छ । पेशागत जीवनमा राम्रो उन्नति हुने छ । परिवारमा मिलन र हाँसो खुशीको वातावरण हुने छ । जीवनसाथिको साथका कारण उन्नति प्रगति हुने छ ।
कर्कट
झगडालु र रिसले भरिएको व्यक्तित्व हुने भएकाले नियन्त्रित हुने प्रयास गर्नु होला । बोलीको प्रभाव बढ्न जाने छ । पेशागत जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ भने विश्वास आर्जन हुने छ । मनमा उदासिनताका क्रमहरु भने विद्यमान रहने छ । रुखो स्वाभाव हुने छ ।
सिंह
कमाई बृद्धि हुने छ । ब्यापार विजनेशमा लाभ मिल्ने छ । अध्ययन अध्यापनमा भने धेरै मन जाने छैन् । सामाजिक रुपमा असहयोगि व्यक्तित्व बन्ने भएकाले विचार पुर्याउनु होला । परिवारमा अन्तरकलह देखा पर्ने छ ।
कन्या
मनमा नकारात्मक विचारहरुको क्रम आउँदा अशान्तिको महशुस हुने छ । मन नियन्त्रणका लागि प्राकृतिक जीवन पद्धतिमा रम्ने प्रयास गर्नु उपयुक्त हुने देखिन्छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । बोली कडा हुने हुँदा अनावश्यक स्थानहरुमा पनि बिबादमा फसिने छ ।
तुला
बोलीका कारण अरुको मन जित्न सकिने छ । पेशागत जीवनमा धेरै उत्तेजक निर्णय भन्दा शान्त भावमा निचोडमा पुग्नु उचित हुने देखिन्छ । कमाई बढ्ने छ । मनमा भने असन्तोषका लहरहरु एक पछि अर्काे आउने छ । उदासिनताले सताउने छ ।
वृश्चिक
परिवारमा शान्तिपूर्ण वातावरण हुने हुँदा खुशीका लहर आउने छ । परिवारका सदस्यहरुका बीच सहयोग र प्रेमको वातावरण रहने छ । बोली प्रभावकारी हुने छ । पेशागत जीवन औसत खालको हुने छ भने आम्दानीमा केही बृद्धि हुने छ । चिसोबाट बच्ने प्रयास गर्नु होला ।
धनु
मनमा डर र त्रासको क्रम देखिने छ । स्थिरताको अभाव हुने छ । बौद्धिकताको मात्रा प्रष्फुटन हुन नसक्दा जान्ने हुँदाहुँदै पनि पछि परेको आभाष भइ रहने छ । व्यक्तित्व भने बाठो खालको हुँदाहुँदै पनि आवश्यक स्थानमा आवश्यक निर्णय लिन कठिनाई हुन जाने छ । पेशागत जीवनमा धैर्य हुनु होला । आर्थिक कठिनाई झेल्नु पर्ने छ ।
मकर
आम्दानीमा केही कमि देखा पर्ने छ । मनमा खिन्नता देखिने हुँदा उत्साह र उमङ्गको कमि हुने छ । पेशागत क्षेत्र सोच जस्तो अघि बढ्ने छैन् । जीवनसाथिको साथका कारण कठिनाईमा पनि भरोषा प्राप्त हुने छ । सामाजिक जीवनमा रहेको प्रतिष्ठामा कमि आउने छ । विदेश यात्रामा कठिनाई आउने छ ।
कुम्भ
अरुले कदर गर्ने छन् । नयाँ नयाँ विचार तथा काममा सम्भावनाका ढोका खुल्ने छन् । प्रतिष्पर्धात्मक क्षमता कायम रहने छ । पेशागत जीवनमा केही अन्योलता आउने छ । आर्थिक अवस्था औसत भए पनि खर्चहरु बढ्न पुग्ने छ । झैझगडाबाट बच्नु होला ।
मीन
यात्रामा जाने अवसर प्राप्त हुने छ । चिसोजन्य रोगव्याधीले सताउने छ । उच्च दृढताका कारण प्रतिष्पर्धात्मक क्षमता काम रहने छ । तर रिस नियन्त्रणमा भने ध्यान दिनु होला । व्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ । सापटी दिएको पैसा उठन किठन हुने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)











रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी सुन्धाराबाट पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया