सभामुख र मन्त्रीद्वारा कृषिका कार्यक्रम अनुगमन
काठमाडौँ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले रुकुम (पूर्व)मा कृषिका कार्यक्रमको अनुगमन गरे । उनहरूले भूमे गाउँपालिका–९ चुनवाङमा सञ्चालित बाख्रा मिसन र प्राङ्गारिक मल कार्यक्रमको अनुगमन गरे ।
गत आर्थिक वर्षमा सञ्चालन गरिएको यी दुई कार्यक्रमको चुनवाङमै पुगेर उनीहरूलगायतको टोलीले स्थलगत रूपमा अनुगमन गरेको छ । अग्र्यानिक जिल्ला घोषणा गरेको प्रदेश सरकारले प्रदेश मातहतमा रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयमार्फत सञ्चालन भइरहेका विभिन्न कृषि योजनाको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा सभामुख र कृषिमन्त्रीसँगै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायन देवकोटा, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपक्षी महाशाखका प्रमुख तुलसीराम भण्डारी पनि सहभागी रहेका थिए । अनुगमनका क्रममा कृषकसँग छलफल गर्दै उनहरूले अहिले भइरहेको कामकाज राम्रै भए पनि यसलाई अझ व्यवस्थित गरेर लैजानु पर्ने देखिएको बताए ।
चुनवाङमा बाख्रा मिसन कार्यक्रमअन्तर्गत किसानले आधुनिक खोर निर्माण गरेका तर खोरको छाना जस्तापाताको त्यसलाई सुधार गर्न सल्लाह दिइएको छ । जस्तापाताले बाख्राको स्वास्थ्यमा असर पर्ने भएकाले जस्तापाताभित्र प्लाइउड राख्ने या खरको छाना बनाउने सुझाव कृषकलाई दिइएको हो । चुनवाङमा कृषक बोयर जातको बाख्रापालनमा आकर्षित भइरहेको भन्दै त्यसमा भन्दा पनि अझ बढी जोड स्थानीय जातमा नै दिनुपर्ने सुझाव पनि किसानलाई दिइएको छ ।
कृषकहरूले भने सभामुख र कृषिमन्त्रीसमक्ष बजारीकरणको समस्या भएकाले यसको समाधान गरिदिन आग्रह गरेका थिए । यसमा उहाँहरूले बजारको मागअनुसार उत्पादनलाई बढवा दिन र लेबलिङ, प्याकेजिङका कुरामा पनि ध्यान दिन सुझाएका थिए ।
यस्तै एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम (पूर्व)ले किसानको सहजताका लागि चालु आर्थिक वर्षमा चुनवाङमा सञ्चालन हुने लसुन प्याज प्रवद्र्धन कार्यक्रमको फिल्डमै सम्झौता गरेको छ । कार्यक्रममा छनोट भएका नौ किसानका सञ्चालनको लागि फिल्डमै कार्यक्रम सम्झौता गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारी एवं कृषि अधिकृत थलराज बस्नेतले बताए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया