शिविरमा चार हजार बढी पशुपंक्षीको उपचार
मेरोन्यूज
२०७८ पुष ६ गते ८:३२
काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपंक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १६० घरपरिवारका चार हजार २१७ पशुपंक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङ्गीले जानकारी दिए ।
केही दिनअघि यहाँका पशुमा अज्ञात रोगको संक्रमण फैलिएको थियो । पशुमा र्याल काढ्ने, ज्वरो आउने, खानेकुरा नखानेजस्ता लक्षण देखिएको शाखा संयोजक मश्राङ्गीले बताए । निस्दी गाउँपालिकाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था सहलकोटको सहआयोजनामा शिविर सञ्चालन भएको हो ।
भेटेरेनरी अस्पताल तथा पशु विशेषज्ञ केन्द्र पाल्पाका प्रमुख डा. चन्द्रबहादुर रानाले शिविरबाट निःशुल्क प्राप्त गरेका औषधि प्रयोग गरी पशुको स्वास्थ्य सुधार गर्न सकिने बताए ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया