माओवादीको बागमती नेतृत्व : चुनावबाट पनि समावेशी
९ पदाधिकारी ९ जिल्लाकै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश सम्मेलनमा पहिलो पटक वागमती प्रदेशले पार्टी पदाधिकारी चुनावी प्रक्रियावाट चयन गरेको छ । पार्टीका जनुकुनै निकायको सम्मेलनको बन्दशत्रको हलले कार्यसमिति चयन गर्ने र चयन भएको कार्यसमितिबाट पदाधिकारी चयन गर्ने माओवादीको विधानको ब्यवस्था छ । त्यही ब्यवस्थाका आधारमा सर्वसम्मत नभएका स्थानमा आन्तरिक निर्वाचन विधिवाट पनि माओवादीले नेतृत्व चयन गर्ने विधिलाई अवलम्बन गर्न थालेको छ ।
त्यसैको एउटा उदाहरण हो – सोमबार माओवादीको बागमति प्रदेश कमिटिको पदाधिकारी चयनका लागि भएको निर्वाचन । माओवादीले २५ मंसिरमा प्रदेशको सम्मेलनको उदघाटन गरेको थियो । त्यसपछि चलेको बन्दशत्रको हलले सर्वसम्मत २७५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको थियो । त्यसपछि पदाधिकारी चयनमा अध्यक्षका आकाक्षी करिव ५ जना देखिएपछि उसले केही दिन लगाएर सर्वसम्मतीको प्रयास गरेको थियो ।
सोमबार विहानसम्म आईपुग्दा ५ जना अध्यक्षका दावेदारमध्येवाट दुई जनामा उम्मेदवार सिमित भएका थिए । त्यसपछि पनि सहमति हुन नसकेपछि पदाधिकारी चयनमा आन्तरिक निर्वाचनको विधिलाई माओवादीले अवलम्वन गदै पदाधिकारी चयनमा निर्वाचन विधि स्वीकार गरेको हो ।
सम्मेलन हलबाट सर्बसम्मत रूपमा निर्वाचित सदस्यहरुद्वारा पदाधिकारीको निर्वाचनमा जनवादी अभ्यासले माओवादीभित्रको लोकतान्त्रिक प्रक्रियालाई अभिव्यक्त गर्ने गरी निर्वाचन विधि अवलम्वन गरिएको माओवादीको वागमति प्रदेश निर्वाचन समितिले जनाएको थियो । यो प्रक्रियाले कुनै पनि नेताको जित र हार नभई बरु सामुहिक र सहभागीतमुलक रूपमा कार्यबिभाजन गर्ने प्रक्रियालाई संस्थागत गर्ने काम गरेको आयोजकहरुको भनाई छ ।
त्यसपछि सोमबार राती उम्मेदवारी मनोनयन दर्ता, निर्वाचन र मतगणनासम्मको काम सकिएको थियो । अध्यक्ष, ३ उपाध्यक्ष, एक् सचिव, ३ सहसचिव र एक कोषाध्यक्ष गरी ९ पदाधिकारीका लागि २९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । तर चुनावी परिणाम सार्वजनिक हुँदा भौगोलिक रुपमा र जातिय क्षेत्रीय आधारमा पनि समावेशी टिम निर्माण भएको छ ।
सोही अनुसार नै निर्वाचनमा मतदाताहरुले विवेक प्रयोग गरेको माओवादीहरुले जनाएका छन् । वागमतीमा १३ जिल्ला छन् । सकभर ९ पदमा नौं जिल्लावाटै प्रतिनिधित्व गराउने गरी पदाधिकारी निर्वाचित भएको, जातिय आधारमा पनि समावेशी, महिलाको पनि प्रतिनिधित्व हुने गरी पदाधिकारीको चयन भएको छ ।
अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । तीन उपाध्यक्षमा रुपा महर्जन (काठमाडौं, वेपत्ता परिवार), प्रेम बहादुर पुलामी ‘छिन्तु’ (मकवानपुर) र रामप्रसाद ढुङ्गाना (नुवाकोट) निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ ‘छिन्ताङ’, सहसचिवमा दल बहादुर बुर्लाकोटी ‘बिजय’ (धादिङ), माधव लामिछाने ‘समिर’ (रसुवा) र प्रकाश श्रेष्ठ (सिन्धुली) निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा भने चितवनकी संगिता भट्टराई निर्वाचित भएका छन् । यस हिसावले वागमतीका १३ जिल्लामध्ये ९ जिल्लाकै एक एक जना पदाधिकारीमा निर्वाचित भएको माओवादीले जनाएको छ । समावेशीताका आधारमा पनि ९ जना पदाधिकारीमध्ये २ जना महिला, ४ जना जनजातिले जितेका छन् ।
ललितपुर, भक्तपुर, रामेछाप र दोलखाका मात्रै पदाधिकारीमा समेटिएका छैनन ।
प्रतिक्रिया