माओवादीको बागमती नेतृत्व : चुनावबाट पनि समावेशी
९ पदाधिकारी ९ जिल्लाकै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश सम्मेलनमा पहिलो पटक वागमती प्रदेशले पार्टी पदाधिकारी चुनावी प्रक्रियावाट चयन गरेको छ । पार्टीका जनुकुनै निकायको सम्मेलनको बन्दशत्रको हलले कार्यसमिति चयन गर्ने र चयन भएको कार्यसमितिबाट पदाधिकारी चयन गर्ने माओवादीको विधानको ब्यवस्था छ । त्यही ब्यवस्थाका आधारमा सर्वसम्मत नभएका स्थानमा आन्तरिक निर्वाचन विधिवाट पनि माओवादीले नेतृत्व चयन गर्ने विधिलाई अवलम्बन गर्न थालेको छ ।
त्यसैको एउटा उदाहरण हो – सोमबार माओवादीको बागमति प्रदेश कमिटिको पदाधिकारी चयनका लागि भएको निर्वाचन । माओवादीले २५ मंसिरमा प्रदेशको सम्मेलनको उदघाटन गरेको थियो । त्यसपछि चलेको बन्दशत्रको हलले सर्वसम्मत २७५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको थियो । त्यसपछि पदाधिकारी चयनमा अध्यक्षका आकाक्षी करिव ५ जना देखिएपछि उसले केही दिन लगाएर सर्वसम्मतीको प्रयास गरेको थियो ।
सोमबार विहानसम्म आईपुग्दा ५ जना अध्यक्षका दावेदारमध्येवाट दुई जनामा उम्मेदवार सिमित भएका थिए । त्यसपछि पनि सहमति हुन नसकेपछि पदाधिकारी चयनमा आन्तरिक निर्वाचनको विधिलाई माओवादीले अवलम्वन गदै पदाधिकारी चयनमा निर्वाचन विधि स्वीकार गरेको हो ।
सम्मेलन हलबाट सर्बसम्मत रूपमा निर्वाचित सदस्यहरुद्वारा पदाधिकारीको निर्वाचनमा जनवादी अभ्यासले माओवादीभित्रको लोकतान्त्रिक प्रक्रियालाई अभिव्यक्त गर्ने गरी निर्वाचन विधि अवलम्वन गरिएको माओवादीको वागमति प्रदेश निर्वाचन समितिले जनाएको थियो । यो प्रक्रियाले कुनै पनि नेताको जित र हार नभई बरु सामुहिक र सहभागीतमुलक रूपमा कार्यबिभाजन गर्ने प्रक्रियालाई संस्थागत गर्ने काम गरेको आयोजकहरुको भनाई छ ।
त्यसपछि सोमबार राती उम्मेदवारी मनोनयन दर्ता, निर्वाचन र मतगणनासम्मको काम सकिएको थियो । अध्यक्ष, ३ उपाध्यक्ष, एक् सचिव, ३ सहसचिव र एक कोषाध्यक्ष गरी ९ पदाधिकारीका लागि २९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । तर चुनावी परिणाम सार्वजनिक हुँदा भौगोलिक रुपमा र जातिय क्षेत्रीय आधारमा पनि समावेशी टिम निर्माण भएको छ ।
सोही अनुसार नै निर्वाचनमा मतदाताहरुले विवेक प्रयोग गरेको माओवादीहरुले जनाएका छन् । वागमतीमा १३ जिल्ला छन् । सकभर ९ पदमा नौं जिल्लावाटै प्रतिनिधित्व गराउने गरी पदाधिकारी निर्वाचित भएको, जातिय आधारमा पनि समावेशी, महिलाको पनि प्रतिनिधित्व हुने गरी पदाधिकारीको चयन भएको छ ।
अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । तीन उपाध्यक्षमा रुपा महर्जन (काठमाडौं, वेपत्ता परिवार), प्रेम बहादुर पुलामी ‘छिन्तु’ (मकवानपुर) र रामप्रसाद ढुङ्गाना (नुवाकोट) निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ ‘छिन्ताङ’, सहसचिवमा दल बहादुर बुर्लाकोटी ‘बिजय’ (धादिङ), माधव लामिछाने ‘समिर’ (रसुवा) र प्रकाश श्रेष्ठ (सिन्धुली) निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा भने चितवनकी संगिता भट्टराई निर्वाचित भएका छन् । यस हिसावले वागमतीका १३ जिल्लामध्ये ९ जिल्लाकै एक एक जना पदाधिकारीमा निर्वाचित भएको माओवादीले जनाएको छ । समावेशीताका आधारमा पनि ९ जना पदाधिकारीमध्ये २ जना महिला, ४ जना जनजातिले जितेका छन् ।
ललितपुर, भक्तपुर, रामेछाप र दोलखाका मात्रै पदाधिकारीमा समेटिएका छैनन ।









आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल
आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर
प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया