शुक्रबार, वैशाख ११, २०८३

पार्टीबाट गरिएको निष्कासन संयोजक पाण्डेद्वारा अस्वीकार

मेरोन्यूज २०७८ पुष ६ गते १६:५१

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी गरेको निष्कासनलाई अस्वकार गरेका छन् । विवेकशील साझाले पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको घोषणा गरेलगतै विज्ञप्ति जारी गर्दै उनले पार्टीको कारबाहीलाई अस्वकार गरेका हुन् ।

Advertisement
NiccNicc

उनले भनेका छन्, ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा सो विपरीत पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु ।’

विवेकशील साझा पार्टीको आज बसेको बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको भन्दै पाण्डेलाई निष्काशन गरिएको जानकारी गराएका थिए । विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया