अन्तरजातीय विवाहापछि बेपत्ता पारिएका कामीको खोजीको माग गर्दै प्रदर्शन

काठमाडौँ । अन्तरजातीय विवाहापछि बेपत्ता पारिएको हुम्लाका चन्द्रे कामीको खोजीको माग राखेर रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।
अनेरास्ववियू ९क्रान्तिकारी० आर।आर क्याम्पस कमिटीका विद्यार्थीले मंगलबार साँझ प्रदर्शन गरेका हुन् । उनीहरुले कामीको खोजीको माग गर्दै टर्च बालेर प्रदर्शन गरेका थिए ।
‘चन्द्रे कामीलाई तत्काल सार्वजनिक गर, सरकार चन्द्रे कामी हरायो भोलि हाम्रो पालो, अझै पनि चलेनौँ हामी नवराजपछि चन्द्रे कामी’लगायत लेखिएको पम्पेलेटसहित उनीहरुले प्रदर्शन गरेका हुन्।
अन्तरजातीय विवाह गरेकै कारण बेपत्ता पारिएको कामीको खोजीमा सरकारले ढिला सुस्ती गरेको भन्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियू ९ क्रान्तिकारी ० आरआर क्याम्पस कमिटीका इन्चार्ज तथा क्याम्पस जिल्लाका सहसचीव मिनराज पाण्डेले बताए । पाण्डेले दलित समुदायमाथि हुने यो एक प्रतिनिधिमुलुक घटना मात्र भएको बताए ।
मुगुकी १७ वर्षीया रमिला मल्लसँग अन्तरजातीय बिहे गरेका हुम्लाका १८ वर्षीय कामीलाई मल्ल परिवारले एक साता आगाडि घरबाट लिएर गएका थिए। उनी अहिलेसम्म पनि भेटिएका छैनन् ।
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया