कांग्रेसको प्रदेश २ अधिवेशनमा आज मतदान हुँदै
देउवा समूहलाई कोइराला–निधि प्यानलको चुनौति

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर २ मा आज प्रदेश अधिवेशनअन्तर्गत मतदान हुने भएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएपछि मात्रै प्रदेश २ मा मतदान हुन लागेको हो । प्रदेश २ मा पनि केन्द्रमा जस्तै तीन प्यानल प्रतिष्पर्धामा रहेका छन् ।
प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।
केन्द्रमा सभापति पदमा दोस्रो चरणमा देउवालाई समर्थन गरेका निधि प्रदेश २ मा भने कोइरालासँग मिलेर चुनावमा गएका छन् ।
कोइराला–निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।
रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् ।
महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् भने सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवले उम्मेदवारी दिएका छन् ।
यस्तै, सहमहामन्त्रीमा निर्मला सुवेदीले उम्मेदवारी दिएकी छन् ।
कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिए भने महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिएका छन् भने रिता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन् ।
झण्डै दुई हजार प्रतिनिधि रहेको २ नम्बर प्रदेशमा जारी अधिवेशनमा देउवा र कोइराला पक्षका केन्द्रीय नेताहरु नै जनकपुरमा रहेका छन् ।
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया