प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदको बैठक बुधबार पनि बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको दशौं अधिवेशन चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा विरोध गर्दै आएको छ भने संसद बाहिरका दलहरुले सडक आन्दोलन जारी राखेका छन् ।
संसदको जारी अधिवेशनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पेश हुने आशंकामा विभिन्न साना दलहरु आन्दोलनले सडक आन्दोलन चर्काइरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ ।
एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।
एमालेको नाराबाजीकाबीच मंगलबारको प्रतिनिधिसभा बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।
मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नु भएको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको थियो ।
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया