प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदको बैठक बुधबार पनि बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको दशौं अधिवेशन चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा विरोध गर्दै आएको छ भने संसद बाहिरका दलहरुले सडक आन्दोलन जारी राखेका छन् ।
संसदको जारी अधिवेशनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पेश हुने आशंकामा विभिन्न साना दलहरु आन्दोलनले सडक आन्दोलन चर्काइरहेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ ।
एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।
एमालेको नाराबाजीकाबीच मंगलबारको प्रतिनिधिसभा बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।
मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नु भएको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको थियो ।









धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया