बिहीबार, पुष ३, २०८२

एक साताअघिदेखि बेपत्ता चन्द्रे कामी सकुशल भेटिए

मेरोन्यूज २०७८ पुष ७ गते १०:३३

काठमाडौँ । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे कामी सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँमा भेटिएका उनलाई सदरमुकाम ल्याइँदैछ ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग विवाह गरेका थिए ।

माइती पक्षले मंसिर २९ गते राती चन्द्रेको घरैबाट दुबै जनालाई कुटपिट गर्दै लिएर गएका थिए । त्यसयता छोरो नभेटिएपछि उनका आमाबुवाले प्रहरीमा उजुरी दिएका थिए ।

अन्तरजातीय विवाहापछि बेपत्ता पारिएको भन्दै मंगलबार मात्रै काठमाडौंमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

हुम्लाका चन्द्रेको खोजीको माग राखेर रत्नराज्य लक्ष्मी क्याम्पसका अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीले मंगलबार साँझ टर्च बालेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया