एक साताअघिदेखि बेपत्ता चन्द्रे कामी सकुशल भेटिए
मेरोन्यूज
२०७८ पुष ७ गते १०:३३

काठमाडौँ । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे कामी सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँमा भेटिएका उनलाई सदरमुकाम ल्याइँदैछ ।
हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग विवाह गरेका थिए ।
माइती पक्षले मंसिर २९ गते राती चन्द्रेको घरैबाट दुबै जनालाई कुटपिट गर्दै लिएर गएका थिए । त्यसयता छोरो नभेटिएपछि उनका आमाबुवाले प्रहरीमा उजुरी दिएका थिए ।
अन्तरजातीय विवाहापछि बेपत्ता पारिएको भन्दै मंगलबार मात्रै काठमाडौंमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।
हुम्लाका चन्द्रेको खोजीको माग राखेर रत्नराज्य लक्ष्मी क्याम्पसका अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीले मंगलबार साँझ टर्च बालेर प्रदर्शन गरेका थिए ।
सम्बन्धित
















कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया