ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणको मुख्य आरोपीलाई पक्राउ गरेको छ ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मंगलबार सीआईबीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।
मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।
सुवेदी दम्पत्ति लगायत सरकारी कागजात कीर्ते गरेको आरोपमा छानविन चलिरहेकाले अनुसन्धानका लागि पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
सोही प्रकरणका आरोपी शोभाकान्त ढकाल भने विशेष अदालतको आदेशमा थुनामै रहेका छन् ।
सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । मुद्दा दायर भएपछि अदालतमा हाजिर नभई सुवेदी वेपत्ता भएका थिए ।












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया