संसद वैठक पुस १८ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदको नाराबाजीकाबीच बुधबार चलेको प्रतिनिधिसभा बैठक आगामी पुस १८ गतेसम्मका लागि स्थगित भएको छ ।
संसदको बुधबारको बैठकबाट विभिन्न चार अध्यादेश स्वीकृत भएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गृहमन्त्रीका तर्फबाट पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
यस्तैव, गृहमन्त्रीकै तर्फबाट कार्कीले प्रस्तुत गरेको ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पनि बहुमतले स्वीकृत भएको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले प्रस्तुत गरेको ‘रेल्वे अध्यादेश, २०७८ पनि बहुमतले स्वीकृत भएको छ ।
अध्यादेश स्वीकृतको कार्यसूची अघि बढाउन अघि नै बुधबार पनि सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।










एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया