नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि
थप २३६ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड- १९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । बुधबार प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एकजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी गराइन् । मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका वृद्धमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।
उनलाई स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा राखिएको र उनको सम्पर्कमा आएकाहरुको र कन्ट्याक्ट ट्रेसिङ भइरहेको प्रवक्ता मिश्रले जानकारी गराइन् । यसअघि नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको थियो । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा देशभर थप २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । सो समयमा २७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया