महोत्सवमा निःशुल्क स्वास्थ्य परीक्षण, दर्शकले पाए सेवा
काठमाडौँ । चेम्बर अफ कर्मसको आयोजनामा जारी प्रथम ऐतिहासिक दाङको तुलसीपुर महोत्सवमा निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ । महोत्सव स्थलको सचिवालयमा तुलसीपुर मेट्रो अस्पतालले हेल्प डेस्क राखेर निःशुल्करुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हो ।
हालसम्म तीन सय बढीले स्वास्थ्य सेवा लिएको स्वास्थ्यकर्मी कमला पुरीले जानकारी दिइन् । उनका अनुसार जसमा १४६ ले प्रेसर र १२४ ले सुगर जाँच गराएका छन् । त्यस्तै छ जनाले घाउ सरसफाइ र १८ जनाले अन्य सेवा लिएका छन् । महोत्सवमा आउने नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यही पुस २ गतेदेखि स्वास्थ्य हेल्प डेस्क स्थापना गरिएको हो ।
उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पुस १ गतेबाट सुरु भएको महोत्सव १२ गतेसम्म सञ्चालन हुनेछ । पाँच करोड आर्थिक कारोबार गर्ने तथा तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा लिइएको तुलसीपुर महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले जानकारी दिए ।
तुलसीपुरको बरुवा गाउँमा सञ्चालित महोत्सवमा बुधबार करिब दश हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवभित्र दुई सय व्यापारिक कक्ष राखिएका छन् । तीमध्ये २० कक्षमा कृषि सामग्री राखिएका छन् । महोत्सवमा दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारले आ–आफ्ना प्रस्तुतिले दर्शकलाई मनोरञ्जनसमेत दिइरहेका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया