दास हत्या प्रकरणः गाउँपालिकाको कार्यालयमा तालाबन्दी

कैलाली । बीभत्स हत्या गरिएका कैलालीको जानकी गाउँपालिकाका अर्जुन दासको न्यायका लागि गठन गरिएको संघर्ष समितिले बिहीबार कैलालीको जानकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
दासको हत्या भएको हप्ता पुग्नैलाग्दा पनि प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै पूर्व निर्धारित कार्यक्रम अनुसार संघर्ष समितिले गाउँपालिकाको कार्यालयमा ताला लगाएको हो ।
कार्यालयमा तालाबन्दीसंगै गाउँपालिकासंगै सबै वडाहरु पनि बन्द गरिएका छन् । ललित परियारको संयोजकत्वमा गठन भएको संघर्ष समितिले आफ्ना पूर्व निर्धारित कार्यक्रम अनुसार यसअघि ईलाका प्रहरी कार्यालय अगाडि शान्तिपूर्ण दबाब मुलक प्रदर्शन, ईलाका प्रशासन कार्यालय टीकापुरलाई ज्ञापनपत्र बझाउने, विरोधसभालगायतका कार्यक्रम गरिसकेको छ ।
संघर्ष समितिले शुक्रवार भुपेन्द्र बडुवाल र अर्जुन दासको न्यायका लागि कैलालीको लम्की क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र बजार बन्द गर्ने कार्यक्रम रहेको जनाएको छ ।
अपराधीलाई कानुनी कटघरामा ल्याई सर्वस्वसहित आजीवन कारवास हुनुर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनुपर्ने, पीडितको बालबालिकालाई उचित शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका माग अघि सारिएको छ । माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तर जारी राख्ने चेतावनीसमेत दिइएको छ ।
पौष ३ गते शनिवार जानकी गाउँपालिका वडा नं.९ मा रहेको स्थानीय अमरावती सामुदायिक वनमा हातखुट्टा पछाडि बाँधेर नग्न बनाई टाउँको छिनालेर हत्या गरिएकोे अवस्थामा अर्जुन दासको शव फेला परेको थियो ।
विभत्स शव घटनास्थलबाट पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको भएपनि परिवारले शव उठाउन मानेको छैन । दोषीलाई पक्राउ नगरेसम्म शव नउठाउने परिवारको अडान छ ।
















तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया