त्रिवि उपप्राध्यापकको परीक्षा सञ्चालन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । त्रिभुवन विश्वाविद्यालयको उपप्राध्यापकको परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा सञ्चालनको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
रिट दायर गर्नेमा दरखास्त भरेका परीक्षर्थी रमेश विष्ट र मनिता खत्री रहेका छन् । रिटमा उनीहरुले त्रिवि सेवा आयोगले गत साउन १८ गते सञ्चालन गर्नुपर्ने लिखित परीक्षा स्थगित गरेर करारमा रहेका शिक्षकलाई स्थायी गर्ने गरेको व्यवस्था बदर गर्न माग गरेका छन् । मंसिर १४ गते बसेको त्रिविसभाको बैठकले त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थाले आफूहरुको प्रतिस्पर्धा गर्न पाउने हक हनन गरेको रिटमा उल्लेख गरिएको छ । रिटमा त्रिवि सभाले गरेको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन बदर गर्न माग गरिएको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया