त्रिवि उपप्राध्यापकको परीक्षा सञ्चालन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । त्रिभुवन विश्वाविद्यालयको उपप्राध्यापकको परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा सञ्चालनको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
रिट दायर गर्नेमा दरखास्त भरेका परीक्षर्थी रमेश विष्ट र मनिता खत्री रहेका छन् । रिटमा उनीहरुले त्रिवि सेवा आयोगले गत साउन १८ गते सञ्चालन गर्नुपर्ने लिखित परीक्षा स्थगित गरेर करारमा रहेका शिक्षकलाई स्थायी गर्ने गरेको व्यवस्था बदर गर्न माग गरेका छन् । मंसिर १४ गते बसेको त्रिविसभाको बैठकले त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा अटुट १० वर्ष सेवा गरेका कार्यरत शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थाले आफूहरुको प्रतिस्पर्धा गर्न पाउने हक हनन गरेको रिटमा उल्लेख गरिएको छ । रिटमा त्रिवि सभाले गरेको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० संशोधन बदर गर्न माग गरिएको छ ।
















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
HoR Election: Election activities ramp up in Parbat’s rural regions
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया