प्रदेश २ को नाम मधेस, मिथिला भोजपुरा कि जानकी ?
प्रदेशका नाममा कांग्रेसभित्रै फरक मत

जनकपुरधाम । प्रदेश २ को नामका बारेमा प्रदेशसभा बैठकमा छलफल भएको छ ।
विहीबारको प्रदेशसभा वैठकमा प्रदेशको नामाकरणकाबारेमा छलफल भएको हो । वैठकमा सत्तारुढ दलका तर्फबाट राखिएको प्रस्तावमा अधिकांश दलहरुले सहमति जनाएका छन् ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नाम मधेस राख्न प्रस्ताव गरेका थिए ।
प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् ।
प्रदेशसभा बैठकमा विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले भने मधेस नाममा नै समर्थन जनाइन् ।
नेपाली कांग्रेसका सांसदहरुले भने प्रदेश २ को संस्कृति र इतिहासलाई जगेर्ना गर्नेगरी नाम राख्न सुझाव दिएको छ । यद्यपि प्रदेश २ को नामाकरणकाबारेमा कांग्रेसकै सांसदहरुबीच फरक फरक धारणा आएका छन् ।
नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी मधेस भन्दा त्रेतायुगदेखि रहँदै आएको संस्कृति र इतिहासलाई जगेर्ना गर्न प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताए । उनले सबैको भावना समेट्ने गरी नामाकरण गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसका अर्का सांसद राजेश्वरप्रसाद साहले भने प्रदेशको नाम ‘मध्य मधेस’ राख्नुपर्नेमा जोड दिँदै आफ्नो तर्क पेश गरेका थिए । मधेसमा २२ जिल्ला रहेको उल्लेख गर्दै साहले मधेस दुई भागमा विभाजित रहेका कारण पनि २ नम्बर प्रदेशको नाम मध्य मधेस राख्दा उपयुक्त हुने बताए ।
यता, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले भने प्रदेशको नाम जानकी हुनुपर्ने बताए ।
प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको नामाकरणका साथै स्थायी राजधानीको बिषयमा पनि छलफल भएको थियो । छलफलमा सांसदहरुले प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै उपयुक्त हुनेमा जोड दिएका थिए । केही सांसदले भने वीरगञ्जलाई स्थायी राजधानी बनाउनु पर्ने प्रस्ताव पेश गरेका थिए ।
















धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया