श्रीलंकाविरुद्ध नेपालको पुनरागमन जीत

काठमाडौँ । नेपालले श्रीलंकाविरुद्ध पुनरागमन जीत हात पारेको छ ।
स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले बताए ।
बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २–० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो ।
दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई पराजित गरेकाले नेपाललाई जित्नुपर्ने दबाब रहेको मुख्य प्रशिक्षक भट्टले बताए ।
साविक विजेता नेपालले सुरुआती दुई सेट १९–२५ र २१–२५ ले श्रीलंकालाई बुझाएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालका लागि तेस्रो सेटमा शान्ति थारू र सुनिता खड्काको राम्रो प्रदर्शनकै कारण त्यसपछिका तीन सेट नेपालले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
नेपालले तेस्रो सेट २५–१५ जित्दा चौथो सेट समेत २५–१९ले जित्यो भने पाँचौ तथा निर्णायक सेट १५–१३ ले जितेको थियो ।










रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया