सोमबार, वैशाख ७, २०८३

श्रीलंकाविरुद्ध नेपालको पुनरागमन जीत

मेरोन्यूज २०७८ पुष ८ गते १८:४४

काठमाडौँ । नेपालले श्रीलंकाविरुद्ध पुनरागमन जीत हात पारेको छ ।
स्पाइकर शान्ति थारु र मिडब्लकर सुनिता खड्काको प्रदर्शनले श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बिहीबार बंगलादेशको राजधानी ढाकामा भएको एभीसी एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल २–० सेटले पछि परेको स्थितिमा पुनरागमन गर्दै श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो ।

दक्षिण एसियाली खेलकुदमा पनि श्रीलंकालाई पराजित गरेकाले नेपाललाई जित्नुपर्ने दबाब रहेको मुख्य प्रशिक्षक भट्टले बताए ।

साविक विजेता नेपालले सुरुआती दुई सेट १९–२५ र २१–२५ ले श्रीलंकालाई बुझाएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालका लागि तेस्रो सेटमा शान्ति थारू र सुनिता खड्काको राम्रो प्रदर्शनकै कारण त्यसपछिका तीन सेट नेपालले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

नेपालले तेस्रो सेट २५–१५ जित्दा चौथो सेट समेत २५–१९ले जित्यो भने पाँचौ तथा निर्णायक सेट १५–१३ ले जितेको थियो ।

प्रतिक्रिया