फिफा बरियतामा नेपाल १६९ औं स्थानमा, बेल्जियम शीर्षस्थानमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६९ औं स्थानमै रहेको हो । अघिल्लो महिनाको वरीयतामा पनि नेपाल १६९ औं स्थानमा थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा भारत १०४ औं स्थानमा रहेको छ भने माल्दिभ्स १५७ औँ स्थानमा छन् ।
नेपालभन्दा पछि रहेको भुटानले एक स्थान सुधार गर्दै १८५ औं स्थान बनाएको छ भने बंगलादेशले पनि एक स्थान सुधार गरी १८६ औं स्थान बनाएको छ ।
यसैगरी, पाकिस्तान १९८ औं स्थानमा रहँदा श्रीलंका २०४ औं स्थानमा कायम रहेको छ ।
एसियाली राष्ट्रको वरियतामा इरान शीर्ष स्थानमा कायमै रहँदा जापान दोस्रो, दक्षिण कोरिया तेस्रो, अष्ट्रेलिया चौथो र २ स्थान सुधार गरेको कतार पाँचौ स्थानमा छन् ।
नयाँ विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत छ ।
यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा इंल्यान्ड चौथो स्थानमा छ ।
पाँचौँमा अर्जेन्टिना, छैंठौंमा इटाली छन् भने स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्सले दशौं स्थान कायम गरेको छ ।


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया