फिफा बरियतामा नेपाल १६९ औं स्थानमा, बेल्जियम शीर्षस्थानमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६९ औं स्थानमै रहेको हो । अघिल्लो महिनाको वरीयतामा पनि नेपाल १६९ औं स्थानमा थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा भारत १०४ औं स्थानमा रहेको छ भने माल्दिभ्स १५७ औँ स्थानमा छन् ।
नेपालभन्दा पछि रहेको भुटानले एक स्थान सुधार गर्दै १८५ औं स्थान बनाएको छ भने बंगलादेशले पनि एक स्थान सुधार गरी १८६ औं स्थान बनाएको छ ।
यसैगरी, पाकिस्तान १९८ औं स्थानमा रहँदा श्रीलंका २०४ औं स्थानमा कायम रहेको छ ।
एसियाली राष्ट्रको वरियतामा इरान शीर्ष स्थानमा कायमै रहँदा जापान दोस्रो, दक्षिण कोरिया तेस्रो, अष्ट्रेलिया चौथो र २ स्थान सुधार गरेको कतार पाँचौ स्थानमा छन् ।
नयाँ विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत छ ।
यस्तै, ब्राजिल दोस्रो तथा फ्रान्स तेस्रो स्थानमा रहँदा इंल्यान्ड चौथो स्थानमा छ ।
पाँचौँमा अर्जेन्टिना, छैंठौंमा इटाली छन् भने स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्सले दशौं स्थान कायम गरेको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया