कोभ्याक्सबाट थप ६ लाख ६४ हजार डोज फाइजर खोप आइपुग्यो

काठमाडौं । नेपालमा थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको छ। कोभ्याक्स सुविधा अन्तर्गत शुक्रबार बिहान खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले कोभ्याक्स अन्तर्गत अमेरिकाबाट ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको बताए ।
उक्त खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ।
सरकारले आगामी १३ पुसदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोभिडविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ।
प्रदेश नं १ का झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, धनुषा, र पर्सा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशका कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशका रूपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने विभागले जनाएको छ ।










प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
साना तथा लघु उद्यम कर्जा विस्तारका लागि डीएआई-उदय परियोजनासँग ग्लोबल आइएमई बैंकको सहकार्य
नागरिक लगानी कोषले बोलायो साधारणसभा
EC scraps six political parties
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया