कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान सुरु

काठमाडौँ । नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित विभिन्न क्याम्पसमा साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
डिजिटल बैंकिङसम्बन्धि जानकारी गराउने उद्देश्यले नेपाल बैंक वीरेन्द्रनगर शाखाले विद्यार्थीहरूबीच साक्षरता कार्यक्रम राखेको हो । क्याम्पस प्रमुखहरूको सभापतित्वमा कार्यक्रम सञ्चालन भएकोमा नेपाल बैंक प्रादेशिक कार्यालयका प्रमुख अश्विनकुमार पुडासैनी प्रमुख आतित्यथा रहेको थियो ।
कार्यक्रमहरुमा करिब तीन सय विद्यार्थीको सहभागी थियो । कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धि जानकारी, नेपाल बैंकको विभिन्न सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामबारे जानकारी गराइएको थियो ।
बैंकले हाल ७२ जिल्लाका २१३ शाखा, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।










एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया