कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान सुरु

काठमाडौँ । नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान सुरु गरेको छ । बैंकले कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित विभिन्न क्याम्पसमा साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
डिजिटल बैंकिङसम्बन्धि जानकारी गराउने उद्देश्यले नेपाल बैंक वीरेन्द्रनगर शाखाले विद्यार्थीहरूबीच साक्षरता कार्यक्रम राखेको हो । क्याम्पस प्रमुखहरूको सभापतित्वमा कार्यक्रम सञ्चालन भएकोमा नेपाल बैंक प्रादेशिक कार्यालयका प्रमुख अश्विनकुमार पुडासैनी प्रमुख आतित्यथा रहेको थियो ।
कार्यक्रमहरुमा करिब तीन सय विद्यार्थीको सहभागी थियो । कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धि जानकारी, नेपाल बैंकको विभिन्न सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामबारे जानकारी गराइएको थियो ।
बैंकले हाल ७२ जिल्लाका २१३ शाखा, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।
















FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया