शनिबार, पुष १२, २०८२

केही स्थानमा हिमपात हुने, सतर्कता हुन आग्रह

मेरोन्यूज २०७८ पुष १२ गते ७:०२

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने भएको छ ।

यस्तै, देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया