शनिबार, पुष १२, २०८२

अवैध बन्दुक बोकेर हिँड्ने पक्राउ

मेरोन्यूज २०७८ पुष १२ गते ७:१८

काठमाडौँ । बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई परवानीपुरबाट आइतबार पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरका २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो ।

उनलाई चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया