पोलियो अभियानमा ३२ लाख संकलन
काठमाडौँ । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा ३२ लाख २३ हजार रुपैयाँ आर्थिक संकलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागी रोटरियनहरूले पोलियोमुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।
विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रिय स्तरमा अभियान सञ्चालन गर्दै आएको छ । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । सो अवसरमा डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्वडिष्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया, सञ्जय गिरी, किरणलाल श्रेष्ठ, जोन २९ का असिस्टेन गभर्नर तथा पोलियोका सल्लाहाकार शरदगोपाल न्याछ्योलगायतले पोलियो नियन्त्रण अभियानमा सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जोन ३० का असिस्टेन गभर्नर नारायण प्रधान, ३१ का असिस्टेन गभर्नर ज्ञानकृष्ण प्रजापती, डिस्ट्रिक्ट पोलियो चेयर सीता रुपाखेती, जोन २ का असिस्टेन गभर्नर भरतकुमार श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक पोख्रेलले २० हजार डलर आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको भए पनि २६ हजार ४२६ अमेरिकी डलर अर्थात् ३२ लाखभन्दा बढी संकलन भएको बताए । रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्षसमेत रहेका पोख्रेलले अहिले पनि पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिएकाले विश्वबाटै उन्मूलनका लागि सबै रोटरियन यो अभियानमा जुटेको बताए ।
सन् १९८२ बाट रोटरियनले पोलियो उन्मूलनका लागि काम गरिरहेका रिजन ६ का ट्रेनिङ कमिटी चेयर निरञ्जन प्रधानले बताए ।

















इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया