सोमबार, वैशाख २१, २०८३

तालिवानले भन्यो : महिला र पुरूष सँगै बसेर पढ्न मिल्दैन्

मेरोन्यूज २०७८ पुष १२ गते १०:०२

काठमाडौँ । अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमको मूल्य र मान्यताविपरीत भएको बताएका छन् । आफूहरु महिला शिक्षाको विरोधी नभएको तर, महिला र पुरुषलाई सँगै पढाउने कार्य मान्य नभएको बताएका छन् ।

Advertisement
NiccNicc

‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौँ, जहाँ महिलाले पनि पढ्न सक्ने छन्, महिलाहरूले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उनले भने, ‘तर, छात्राहरूलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा कुनै टुंगो छैन ।’

गत १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि छात्राहरूलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै, महिलाका विभिन्न हक अधिकार खोसिएका छन् । तालिवानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ती जनाएकी छन् । ‘तालिवानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उनले भनिन् ।

यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नातेदार हुनु पर्ने तालिवानले जनाएको छ । पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिवानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया