धनगढी विमानस्थलको जग्गा अधिग्रहण गर्न एक अर्ब बजेट विनियोजन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन एक अर्ब बजेट विनियोजन गरेको छ ।
क्षेत्रीय स्तरको विमानस्थल बनाउन जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमान स्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।
उनले भने, ‘धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाँडै मन्त्रिपरिषद्मा लैजाने छौँ ।’ उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ । आले पर्यटन मन्त्री भएलगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाएअनुसार उक्त बजेट विनियोजन गरिएको हो ।
धनगढीमा क्षेत्रीय विमान स्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने प्राध्यापक डा हेमराज जानकारी दिए । उनले भने, ‘क्षेत्रीय विमानस्थल बनाउने कुरो सुदूरपश्चिमकै लागि कोसेढुङ्गा परियोजना हो, सुदूरपश्चिमेलीको वर्षौंदेखिको सपना मन्त्री आलेले पूरा गरी दिनुभयो, हामी खुशी छौँ ।’
यसैगरी आज बसेको उक्त बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरासमेतमा विमास्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया