धनगढी विमानस्थलको जग्गा अधिग्रहण गर्न एक अर्ब बजेट विनियोजन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीस्थीत धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन एक अर्ब बजेट विनियोजन गरेको छ ।
क्षेत्रीय स्तरको विमानस्थल बनाउन जग्गा अधिग्रहण गर्न उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमान स्थलका रूपमा विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै २५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।
उनले भने, ‘धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन नक्सा पास गरी र जग्गा अधिग्रहण गर्ने प्रस्ताव पारित भएको छ, अब चाँडै मन्त्रिपरिषद्मा लैजाने छौँ ।’ उक्त प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि धनगढीमा क्षेत्रीय विमानस्थलको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ । आले पर्यटन मन्त्री भएलगत्तै धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउने प्रतिबद्धता जनाएअनुसार उक्त बजेट विनियोजन गरिएको हो ।
धनगढीमा क्षेत्रीय विमान स्थल बनेपछि सुदूरपश्चिम प्रदेशकै विकास तथा जनजीवनमा फड्को मार्ने प्राध्यापक डा हेमराज जानकारी दिए । उनले भने, ‘क्षेत्रीय विमानस्थल बनाउने कुरो सुदूरपश्चिमकै लागि कोसेढुङ्गा परियोजना हो, सुदूरपश्चिमेलीको वर्षौंदेखिको सपना मन्त्री आलेले पूरा गरी दिनुभयो, हामी खुशी छौँ ।’
यसैगरी आज बसेको उक्त बैठकले अछामको साँफेबगर, कमलबजार, डोटीको दिपायल र डडेलधुरासमेतमा विमास्थलको धावन मार्ग विस्तार तथा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया