बिहीबार, पुष १०, २०८२

आज तपाईंको दिन कस्तो ? के भन्छ राशिफल

मेरोन्यूज २०७८ पुष १३ गते ६:१३

आज वि.सं. २०७८ साल पौष महिनाको १३ गते मंगलबार, पौष कृष्णपक्षको नवमी तिथि ।

मेष
यात्रामा सफलता मिल्ने छ । केही सकारात्मक चरणका संकेतहरु देखिए पनि धेरै शुभताका नतिजाहरु भने आइहाल्ने छैनन् । हिनताबोध हुने छ । रिसको मात्रा नियन्त्रणमा ध्यान नदिए झैझगडाको अवस्था आउनेछ । घर घडेरी जस्ता विषयमा नोक्सानी हुनेछ । पेशागत जीवन र आर्थिक पक्ष असन्तुलित बन्ने छ ।

वृष
भविष्य प्रतिको चिन्ता अस्वाभाविक रुपमा मनमा देखा पर्दा वर्तमानमा उत्साहको कमि हुने छ । सकारात्मक भन्दा नकारात्मक विचारले मनमा डेरा जमाउने छ । आत्माबल भने बलियो नै रहने भएकाले कठिन घडिमा पनि धैर्यता भने कायम हुने छ । पेशागत जीवन औसत हुने छ । ऋण लाग्ने छ ।

मिथुन
परिवारमा मधुरता कायम नै रहने छ । पेशागत जीवन मध्यम प्रकृतिको रहे पनि कामको कदर भने हुने छ । साझेदारीमा गरिएका काममा कठिनाई उत्पन्न हुने छ । दाम्पत्य जीवनमा झैझगडाहरु देखा पर्ने र एकअर्कालाई असहयोग हुने अवस्था रहने छ । प्रशासनिक झमेला खेप्नु पर्ने छ ।

कर्कट
बाहिरबाट हेर्दा दृढ खालको ब्यक्तित्व देखिने भएकाले अरुले हेप्न भने सक्ने छैनन् । भाग्यको साथ नभएकाले सफलताको मात्रा कम मात्र प्राप्त हुने छ । साथै लद्युताभाषको मात्रा रहीरहने छ भने अरु भन्दा कमजोर भएको महशुसका कारण प्रतिष्पर्धामा उत्रन निकै मनोबल कम हुने छ । उदासिनताबाट बच्ने प्रयास गर्नु होला । पेशागत जीवन कठिनताबाट गुज्रने छ ।

सिंह
पेशागत जीवनमा आरोप प्रत्यारोप खेप्नु पर्ने छ । लुलो ब्यक्तित्व हुने हुँदा अरुले निकै हेप्ने छन् । बोली फित्तलो बन्ने हुँदा अरुले असाध्यै हल्का रुपमा लिने छन् । धेरै महत्वाकांक्षी हुने भन्दा निरन्तरतालाई जोड दिएर पेशागत जीवनमा कदम चाल्दा ठिक हुने छ । आर्थिक व्ययभारका कारण आर्थिक कठिनाई झेल्नु पर्ने छ ।

कन्या
अरुको विश्वास ह्वात्तै बढ्ने छ भने आँट र भरोषा प्राप्त हुने छ । चालेका कदमहरु सफल हुने छन् । रिस भने कडा खालको हुने छ । पेशागत जीवनमा स–साना उतार चढाव आए पनि औसतमा सकारात्मक दिशामा नै अघि बढि रहने छ । आर्थिक पक्ष औसत खालको रहने छ ।

तुला
चिसो धेरै लाग्ने छ । रोग व्याधीले सताउने छ । यात्रामा सहभागि हुनु पर्ने छ । विदेश यात्रा हुने र सफलता प्राप्त हुने छ । पेशागत जीवनमा चुनौतिहरु र विवादको अवस्था सामना गर्नु पर्ने छ । राजनीतिमा लागेकाहरुलाई समय प्रतिकुल छ । साझेदारीमा गरेका काममा सफलता मिल्ने छ ।

वृश्चिक
पेशागत जीवन शुभ रहने छ । आर्थिक लाभ मिल्ने छ । राजनीतिक लाभ प्राप्त हुने छ । बोलीको प्रभाव पनि बढ्ने भएकाले अरुको विश्वास आर्जन गर्न सकिने छ । जीवनसाथिको साथमा कामलाई अघि बढाएमा निकै फाइदा हुन जाने छ । साझेदारीमा गरिएका कामहरुबाट पनि लाभ प्राप्त हुने छ ।

धनु
घमण्डिपना नियन्त्रण गर्न नसके दुःख पाउनु हुने छ । प्रतिष्पर्धात्मक क्षमता निकै बृद्धि हुने छ । झैझगडाका कारण प्रहरी प्रशासनको चक्कर काट्नु पर्ने छ । घर घडेरीको क्षेत्रमा फाइदा मिल्ने छ । पेशागत जीवन र उद्योग व्यवसायमा जोखिमसहित जबर्जस्ती अघि बढ्नु पर्ने छ ।

मकर
नेतृत्व क्षमतामा कमि आउँदा अरुले पत्याउने छैनन् । कमजोर मनोबलका कारण अरुले हेप्ने छन् । बोलीको प्रभाव कम हुँदा बोलीको ठेगान नभएको भनि अरुले चित्रण गर्ने छन् । धन सम्पत्ति फस्ने चुनौति देखिएको छ । आर्थिक लेनदेनमा विचार गरेर मात्र कारोवार गर्नुहोला । पेशागत जीवनमा अरुको धेरै विश्वास गर्न सकिने देखिँदैन् ।

कुम्भ
प्रशंसा मिल्ने छ । अरुको विश्वासमा बृद्धि हुने छ । तर भित्र भित्र कुरा काट्नेहरुको कुनै कमि रहने छैन् । आर्थिक पक्ष सवल नै रहने छ । पेशागत जीवन मध्यम खालको हुने छ । परिवारमा नयाँ अध्याय शुरु हुने छ । जीवनसाथिसँग बिबाद चर्किएला । सवारीसाधनसम्बन्धी विषयमा तनाव व्योहर्नु पर्ने छ ।

मीन
मनमा भन उदासिनतका क्रम निरन्तर रही रहने छ । परिवारमा थप उत्साहको अवस्था आउने छ । प्रेममा भने असफलता हात लाग्ने छ । पेशागत जीवन औसत खालको हुने छ । आर्थिक अवस्था पनि जेनतेन चल्ने खालको कायम हुने छ । सरसापटका विषयमा सुझबुझ अपनाउनु होला । मेहनति र पराक्रम गर्न मन लाग्ने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया