बिहीबार, फागुन २८, २०८२

खोपका कुरा

बुस्टर डोज दिँदा फरक-फरक खोप दिन मिल्छ ?

डा. शेरबहादुर पुन २०७८ पुष १३ गते ९:३१

काठमाडौँ । कोराना भाइरस (कोभिड–१९)को बुस्टर डोज ६ महिनापछि लगाउन मिल्छ । सामान्यतया पूर्ण खोप लगाइसकेपछि शरीरमा एन्टीबडी कम हुँदै जाँदा पुनः एन्टीबडी बढाउन लगाइने खोप हो, ‘बुस्टर डोज ।’ शरीरमा एकपटक खोप लगाइसकेपछि एन्टीबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन ‘बुस्टर डोज’ आवश्यक पर्छ ।

Advertisement
nepal life insurencenepal life insurence

पहिलो कुरा हाम्रो देशमा लक्षित समुूह दुवै डोज ५० देखि ५२ प्रतिशतले मात्र लगाएका छन् । अझै लक्षित समूहका आधाले दुवै डोज लगाउन पाएका छैनन् । खोप दिँदा कस्तो व्यक्ति, कस्तो उमेर समूह जोखिममा रहेको छ । तथ्यांकहरु संकलन गर्नुपछ । सोही आधारमा नीति नियम बनाएर मात्र ‘बुस्टर डोज’ दिन् पर्दछ । यदि, नीति नबनाई ‘बुस्टर डोज’ दिए एक डोज पनि नलाएकाहरुको छायामा पर्छन् । दुवै डोज लगाएको व्यक्ति संक्रमित भएर जटिल समस्या देखिएर अस्पताल भर्ना भएर मृत्यु हने सम्भावना निकै कम हुन्छ ।

कोरोनाको पूर्ण खोप लगाए पनि ६० वर्ष उमेरमाथिका व्यक्तिमा समस्या आएको देखिएको छ । ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई बुस्टर डोजको पहिलो प्राथमिकतामा राख्नु पर्ने हुन्छ । विकसित देशहरुमा खोप पर्याप्त भएकाले उनीहरुले ‘बुस्टर डोज’ लगाएका छन् ।

युरोपेली राष्ट्रमा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा बढिरहेकाले नेपालमा बुस्टरको डोजको आवश्कता छ ।

बुस्टर डोजमा अन्य खोप दिन मिल्छ ?

पहिला सुरु सुरु जुन खोप लगाएको छ सोही खोप लगाउन भनिन्थ्यो । खोपका विषयमा निरन्तर अनुसन्धान भइरहेको छ । नयाँ नयाँ तथ्यहरु बाहिर आउने क्रम जारी हुन्छ ।

विभिन्न तथ्य हेर्दा फरक खोप लगाउँदा राम्रो काम गरेको देखिएको छ । विशेष गरेर विकशित देशहरुमा पनि बेलायतमा एक्ट्राजेनिका दिएको देखिन्छ । अमेरिकामा जोनसोन मोर्डना फाइजर प्रयोग गरेको देखिएको छ ।

यो खोपहरु नेपालमा कम प्रयोग भएको छ । अहिलेसम्म लगाएको खोपमध्ये करिब २ करोड भेरोसेल नै खोप लगाएका छन् । भेरोसेलसँग मिल्ने खोप कुन हो त ? त्यसको अध्ययन अझै राम्रो आएको छैन ।

भेरोसेल लगाएकाहरुमा अन्य कुन खोप मिल्छ त्यसको अध्ययनहरु बहिर आएका छैनन् । साइनोभ्याक भेरोसेलको बनावटको तरिका एउटै एउटै छ । तर साइनोभ्याक खोप लिएकाले बुस्टरमा फाइजर खोप लिएका छन् ।

नेपालमा एट्राजेनिका कोभिल्डसिल्ड लगाएको छ । सिनोफार्मको भेरोसेल खोप लगाएका छन् । एट्राजेनिका, कोभिल्डसिल्ड खोप लगाएकामा फाइजर र मोर्डना ‘बुस्टर डोज’मा लगाउन सकिन्छ ।

विश्व स्वाथ्य संगठनले पछिल्लो केही दिनअघि (क्रस) मिक्सम्याक्स खोप लगाउन मिल्ने जनाएको छ । त्यो भनेको फाइजर अथवा मोर्डना भन्न खोजेको देखिएको छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुनसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया