अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँ रुपैयाँको क्षति
काठमाडौँ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँच वटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मगल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।
आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख रुपैयाँ बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो ।
आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया