शनिबार, पुष १२, २०८२

स्कारपियो दुर्घटना अपडेटः मृतक चार जनाको सनाखत

मेरोन्यूज २०७८ पुष १३ गते १९:२३

रौतहट । रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय नम्बर प्लेटको स्कारपियो दुर्घटनामा परि मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर ०५ पीए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार अपरान्ह सवा ४ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृतक चारै जना नेपाली नागरिक भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षीय मोसाफिर अन्सारी र वर्ष २५ का शेख छोटु रहेका छन् । मृतक चारै जना रौतहटको गढीमाई नगरपालिका ३ का नागरिक हुन् ।

दुर्घट्नामा अन्य तीन यात्रु घाइते भएका छन् । घाइते तीनै जनाको गौरमा नै उपचार भइरहेको छ ।

भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार दिउँसो सवा ४ बजे सडकबाट झण्डै २० फिट तल खसेर दुर्घथना भएको थियो ।

प्रतिक्रिया