स्कारपियो दुर्घटना अपडेटः मृतक चार जनाको सनाखत
मेरोन्यूज
२०७८ पुष १३ गते १९:२३

रौतहट । रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय नम्बर प्लेटको स्कारपियो दुर्घटनामा परि मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।
गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर ०५ पीए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार अपरान्ह सवा ४ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृतक चारै जना नेपाली नागरिक भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षीय मोसाफिर अन्सारी र वर्ष २५ का शेख छोटु रहेका छन् । मृतक चारै जना रौतहटको गढीमाई नगरपालिका ३ का नागरिक हुन् ।
दुर्घट्नामा अन्य तीन यात्रु घाइते भएका छन् । घाइते तीनै जनाको गौरमा नै उपचार भइरहेको छ ।
भारतीय नम्बर प्लेटको स्करपियो मंगलबार दिउँसो सवा ४ बजे सडकबाट झण्डै २० फिट तल खसेर दुर्घथना भएको थियो ।
सम्बन्धित















ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिक्रिया