शनिबार, पुष १२, २०८२

कैदी भगाउने प्रहरीसहित नौ जना पक्राउ

मेरोन्यूज २०७८ पुष १४ गते ६:३७

काठमाडौँ । दाङको घोराही कारागारबाट कैदी भागेको घटनामा जेलर र सुरक्षाकर्मीसहित नौ जना पक्राउ परेका छन् । बुधबार कारागारका नाइके यामराम परियार भागेपछि जेलर र सुरक्षाकर्मीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, विपासा चौधरी, समी चौधरी, सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ ।

उपचारका लागि काराबारबाट निस्किएका प्रहरी धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुगेका थिए । थकाली होटलमा दुुई महिलासहित पुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका थिए ।

कारागार प्रशासन र सुरक्षा संयन्त्रको लापरबाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्नको आशंकामा उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

प्रतिक्रिया