शनिबार, पुष १२, २०८२

रुख काटेको मुद्दामा फरार अभियुक्त पक्राउ

मेरोन्यूज २०७८ पुष १४ गते ६:५५

काटठमाडौँ । अर्घाखाँची प्रहरीले नौ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । अनुमतिविना रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५९२ रुपैयाँ जरिवाना फैसला भएका शितगंगा नगरपालिका ११ सिद्धाराका बखानसिंह आले पक्राउ परेका हुन् ।

पक्राउ परेका आलेसँग जरिवाना असुलसमेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिए ।

प्रतिक्रिया