अमेरिकाको कोलोराडोमा गोली चल्दा पाँच जनाको मृत्यु

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा गोली काण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा कैयौं व्यक्ति घाइते भएका छन् ।
प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा बन्दुक चलाएको थियो । डेनभरका प्रहरी प्रमुख पाँल पाजेनले पत्रकार सम्मेलनमा बताएअनुसार गोली हानाहान साँझ ५ बजेतिर शुरु भएको थियो । घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ, भने एक वयस्क पुरुष घाइते भएका छन् ।
पहिलो गोलीबारी घटनाको केही समयपछि १२ औँ एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो । डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी शुरु गरेको थियो ।
लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया