शनिबार, पुष १२, २०८२

अमेरिकाको कोलोराडोमा गोली चल्दा पाँच जनाको मृत्यु

मेरोन्यूज २०७८ पुष १४ गते ७:१३

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा गोली काण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा कैयौं व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा बन्दुक चलाएको थियो । डेनभरका प्रहरी प्रमुख पाँल पाजेनले पत्रकार सम्मेलनमा बताएअनुसार गोली हानाहान साँझ ५ बजेतिर शुरु भएको थियो । घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ, भने एक वयस्क पुरुष घाइते भएका छन् ।

पहिलो गोलीबारी घटनाको केही समयपछि १२ औँ एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो । डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी शुरु गरेको थियो ।

लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ । गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया